Skip to content

जोड घटाउ मिलाऊँ भन्छु मिलाउनै सकिएन
आफ्नो भाग्य सिलाऊँ भन्छु सिलाउँनै सकिएन ।

देशै भरी सीमानामा खाडलहरु परिसके
खाल्डाखुल्डी मिलाऊँ भन्छु मिलाउनै सकिएन ।

खेर गयो देशबाट सञ्जीवनी सुधा बगी
एक थोपो पिलाऊँ भन्छु पिलाउनै सकिएन ।

जतासुकै रोग व्याधी चारैतिर बढेको छ
देशको ढाड चिलाऊँ भन्छु चिलाउनै सकिएन ।

तीन चौथाई जिन्दगी यो यसै उसै बितिसक्यो
यो माटैमा बिलाऊँ भन्छु बिलाउनै सकिएन ।

समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *