किन होला आज तिम्लाई छुन मन लाग्यो
जिन्दगीभर तिम्रै मात्र हुन मन लाग्यो
च्याप्प समाई अंगालोमा बाधी बेस्सरी
ढुकढुकी त्यो तिम्रो दिलाको सुन्न मन लाग्यो
तिम्रो लागि बरको माला उन्न मन लाग्यो
माकुरा झै मायाजाल बुन्न मन लाग्यो
भँमराले फूललाई चुमे जस्तो गरी
तिम्रा प्यारा बदनमा चुम्न मन लाग्यो
सिउदोमा रातो रङ्ग दल्न मन लाग्यो
तिम्रै मन भित्र सधैं फल्न मन लाग्यो
लजाउदै घुम्टोभित्र सजिएकी तिमी
घुम्टो उठाई तिमीसँगै ढल्न मन लाग्यो