Skip to content


नशामा डुब्न चाहन्छु म
के हो? मात बुझ्न चाहन्छु म
सायद लाग्दै छ !
नशा बनी
नशा सरि
नशाकै संसारमा
यो संसार भुल्न चाहन्छु म

तितो..! मदिरामा
मिठो..! सितन मिसाई
के हो? नशा बुझ्न चाहन्छु म

सामान्य अवस्थामा त
यो मनले
सक्दैन क्यारे !?
नशाकै अवस्थामा
यो मनका
सारा कुरा
पोख्न चाहन्छु म
के के बहन्छ ?
मनको सागरमा
त्यो मदिराको मातमा
चुर व्यक्तिको
हो !
मदिरै सेवन गरी
त्यो आभास भोग्न चाहन्छु म

न होस छ
न हवास छ
न भोग छ
न विलास छ
नशामै भएपनी
जे आफूसँग छ
त्यसैमा रमाउन चाहन्छु म

तिमी जेसुकै सोंच्दै गर
तिमी जेसुकै सोंच्दै गर
मदिराको प्यालामा डुबेर
नशालु नयनले
एकपटक !
तिम्लाई नियाल्न चाहन्छु म

Leave a Reply

Your email address will not be published. Required fields are marked *