Skip to content

मन फाटेपछि


मन फाटेपछि मुटु फाटेपछि
दैवको के लाग्छ माया साँटेपछि

मरेतुल्य भई बाँच्नु पर्दो रैछ
स्वार्थी बैगुनीले डाँडा काटेपछि

प्रेममा विश्वास हुनै छाड्यो अब
विश्वास नै तोडी सधैं ढाँटेपछि

तिम्रो नि अस्तित्व मेटिदै जानेछ
तिमीले मायामा धन छाँटेपछि

नहुने के नै छ सारा दुनियाँमा
उस्ले आँटेपछि मैले आँटेपछि

“अभागी” मुकेश रेउले
बलिया ८ आदर्श नगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *