Skip to content

अनेकौं सर्पले बेर्छन् अनेकौं व्याधीले घेर्छन्
यहाँ शान्ति विनै मान्छे अकालैमा परी मर्छन्
तिमी छाडी गयौ टाडा डराएको छु हे आमा
छ त्यो भारा कहाँ तिर्नु हराएको छु हे आमा ।।

सधैं पीडा सधैं टन्टा सहन्थ्यौ मेरी हे आमा
पीडाका तीब्र खोलामा बहन्थ्यौ मेरी हे आमा
कता पोखूँ कता छोपूँ अझै धेरै दुखेसा छन्
हजारौं दर्दको पीडा सहन्थ्यौ मेरी हे आमा ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *