Skip to content

मधुरस कविता बिमोचन कार्यक्रम

20180317_LilaBallavNepal-News-02


वीरगञ्ज भन्सार कार्यालयका कर्मचारी श्रीलीलाबल्लभ नेपालद्वारा रचित कविता संग्रह “मधुरस” को विमोचन कार्यक्रम भन्सारकै सभा हल कर्मचारी मिलन केन्द्रमा मिति २०७४/१२/०३ गते शनिवार सम्पन्न भएको छ ।

कविताका विभिन्न पक्षमा कलम चलाउन सक्षम नव कवि नेपालले व्यक्ति, परिवार, समाज तथा सिंगो देशलाइनै सकारात्मक परिवर्तनको दिशामा अग्रसर गराउने अभियानका साथ कविता संग्रह रचना गर्नुभएको हो ।

उक्त विमोचन कार्यक्रम प्रमुख भन्सार अधिकृत श्रीसेवन्तक पोखरेलज्यू को प्रमुख आतिथ्य तथा भन्सार अधिकृत श्रीपुष्करनाथ उप्रेतीज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो ।

विभिन्न स्थानीय भाषाहरुको प्रभावले नेपाली भाषा ओझेलमा पर्दै गएको परिपेक्षमा प्रदेश नं २ को वीरगञ्जमा यस्ता साहित्यिक पुस्तकहरुको विमोचन कार्यक्रमले नेपाली भाषा तथा साहित्यलाई थप उचाइ प्रदान गर्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *