Skip to content

सुतेकाे मेराे कम्प्युटर र मेरो कविताः

सुतेकाे मेराे कम्प्युटर र मेरो कविताः

अहिले मेरो कविता
र मेरा कम्प्युटरले
गहिराे मीत लाएका छन्
दुबै नबिउँझने गरी
निधाएका छन्
उतातिर हेरौ‌
मेरा रिसाएका भावहरुले पनि
काखी बजाएका छन्
अनि यताितितर हेरौं
मेरा विचार र अास्थाहरुले
ममाथि ताताे भुत्भुते
खन्याएका छन्

यिनमाथि अब मैले
शासन गर्न नसक्ने भएँ
यी सबैको ममाथि हमला गर्ने
एक ग्याङ् भएकाे छ
मन रित्ताे छ मुटु रित्तो छ
जिउ थङ्रथिलिएर ल्याङ् भएकाे छ
लेख्ता लेख्ता थाकेकाे
मेराे कम्प्युटर पनि
ह्याङ् भएकाे छ
मानाै मेराे कम्प्प्युटर र
मेरा कविताकाे
र्याङ्मा ठ्याङ भएकाे छ
यिनका अघि बबुराे होम पनि
कम्प्युटर जस्तै ह्याङ् भएकाे छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *