Skip to content

जीवन सफल बन्थ्यो कि

समयको घडि यो रोकाउन सके जीवन सफल बन्थ्यो कि
आशाको पिरती सजाउन सके माया कतै रम्थ्यो कि
आकाश भरिमा धिपधिप गरी रातो दिप बल्दिए
उज्यालो सहजै पाएर जीवन अरु सहज बन्थ्यो कि
आफ्नै सुर कसेर हिड्ने जनहरु भावनामा रम्दिए
सुन्दर संसार चमक चमक गरी अझै वढि हाँस्थ्यो कि
मनका भावना उथल पुथल वनी श्रृंगारमा देखिए
आशाको किरण पलाउँदा सरी जीवन अझै फुल्थ्यो कि
हाँसेर बिताए पल यो जीवन बास्ना सरी बन्थ्यो कि
आशाको भुमरी रहर भरीमा आशाको दिप बल्थ्योकि

Leave a Reply

Your email address will not be published. Required fields are marked *