Skip to content


अचम्मसँग बिहानीको र्सूयजस्तै मित्रताले आकुल-व्याकुल बनाएको छ । म कसरी मित्रतामा भन्ने प्रश्नले वर्तमान विचलित बनाएको हो कि भन्ने नलागेको हैन । तर सधैं र साँच्चै नै मित्रतामा माया सकिन्छ भन्ने चाहिँ लागेको थिएन ।

“यो संसारकी एक मात्र” उसले इमेल पठाएको छ । जब तिमी मित्रताको पराकाष्ठामा उन्मुक्त भएको वातावरणमा आफूलाई पाउनेछौ तब तिम्रो मन दुख्ने कुराहरू पराजीत हुनेछन् र त्यतिखेर तिमीले बिस्तारै बिहानीको जस्तै शीतलता महसूस गर्नेछौं । मलाई यो कुरामा चाहिँ केही शंका छैन,तिमीले मलाई साँच्चै नै आपनो हृदयको अन्तर कुन्तरमा राखेकी छौ आधार पनि त्यही हो ।

उसले पठाएको यो मित्रतामा मेरो मुटुको ढुकढुकी यसरी अचानकै बढ्ला भन्ने त मैले सोचेकै थिइनँ । एकदमै विश्वास गर्न नसकिनेजस्तो गरेर उसले यसरी इमेल लेख्यो कि यस्तो पनि लाग्यो मित्रतामा पनि त्यो अपूर्ण शक्ति हुँदोरहेछ । जीवनभर मित्रतामा मात्रै पनि बाँच्न सकिदोरहेछ भन्ने कुरा मात्रै लाग्यो । मित्रताको यो सेकेन्ड मेरो लागि पनि महत्वपूर्ण हुन्छ भन्ने मैले शायदै सोचेको थिइनँ होला र हरेक सेकेण्डको यो क्षण पनि यति मिठो होला भन्ने मलाई कहिल्यै लागेन ।

तर कविताजस्तो र्स्पर्शसँग र लगातार वहने समयको गतिजस्तो हामीले आ०नो सम्बन्धलाई कसरी जीवित राख्न सक्छौं भन्नेचाहिँ पटक्कै लागेको थिएन । मैले पनि लामै लेखें । इन्टरनेटको जमाना, चौबीसै घण्टा इन्टरनेटमा बसेर हामीले मित्रताको यो अनुभवले पनि मलाई यो संसारको सबैभन्दा खुशी र सुखी मान्छे बनाएको छ । बाहिर सिरसिर हावा चलेको छ ।

यो सानो कोठाको दक्षिण पटिबाट बाहिर सडकहरू देखिन्छन् । सडक सधैं व्यस्त छ । बेफुसदै सडकलाई बिहानबेलुकै देख्नु नै मेरो नियमित कामजस्तै भएको छ । तर जतिसुकै अप्ठ्यारोमा पनि सडक मनजस्तो विचलित हुँदैन र यो सडकको विशेषता नै मान्नुपर्छ । त्यसैले त सडक र मन फरक हुन्छ । सडकलाई गाडीहरू र मानिसहरुको भीडले व्यस्त बनाएको छ । सडक व्यस्ततामा पनि अलिकति विचलित देखिदैन । व्यस्त सडक र व्यस्त सडकजस्तै मन पनि स्थिर भैदिए मानिसहरू कति खुशी हुन्थे होलान् ?

सानातिना कुराहरुले पनि अचम्मकासाथ दुख्ने मन कहाँ जस्तोसुकै कठोर अवस्थामा पनि स्थिर रहने सडक ? कुनै पनि तुलना हुन सक्दैन भन्ने चाहिँ मलाई लागिरहृयो । महत्वपूर्ण कुरा त धेरै मान्छेको भीड, गाडीहरुको भीड र सडकमा ओहोरो दोहोरो गरिरहेका साना बालबालिकाहरुको जमघटले मनलाई टक्क रोकिदिएको छ । म बसेको घर छेउमा प्रायः सानातिना सबै सडक व्यस्त छन् र मानिस पनि त्यति नै व्यस्त देखिन्छन् । मानिसलाई मानिसको वारेमा सोच्ने फुर्सद छैन र कहिलेकाहीं सडकमा हिँड्दा कस्तो पनि अनुभव हुन्छ भने थुप्रै मान्छे बीच फगतः एक्लै हिँडिरहेकी छु । मान्छे भेट्न हतारिएकी छु जस्तो लाग्छ ।

हुन त मानिस व्यस्त नै रहनुपर्छ भन्ने मान्यताले सबैतिर प्रमुखता पाएको छ र हामी पनि कसरी यी कुराहरुबाट पृथक् हुन सक्छौं र ? मैले आफैलाई प्रति प्रश्न गरेकी छु । एक्लै सडकमा हिँड्दा मैले महसूस गर्ने कुरा पनि यही हो । मलाई अहिले के लागिरहेको छ भने हाम्रो विचारधारा एउटै छ, मान्यता पनि एउटै छ र जीवनप्रतिको दृष्टिकोण पनि एउटै छ । मलाई गहिरो मित्रतामा विश्वास छ । हुनसक्छ हाम्रो मित्रता अत्यन्तै गहिरो र संवेदनशील हुनुपर्छ भन्ने मान्यता मलाई पनि लागेको छ । तर्सथ हामी हातमा हात मिलाएर मित्रतालाई अगाडि बढाउन सक्दैनौं र व्युँझी हेर्दा म अवाक् हेरिरहें र यो प्रस्ताव मेरो लागि अप्रत्यासित थियो र म सहज ढंगबाट यसलाई स्वीकार्न सक्ने अवस्थामा पनि थिइनँ ।

हुन त उसको प्रस्ताव सुनेपछि म झसँग भएकी थिएँ र अव्यक्त तर सानो पीडाले मुटु ढुकढुक भने गरिनैरहेको थियो । उसले मसँग यतिखेर बोल्दाखेरिको समयमा मेरो ध्यान भने त्यहीमित्रतामा नै केन्द्रित रहेको महसूस भने भैरहृयो । मलाई सयपत्रीका फूलहरू असाध्यै मन पर्छन् । जीवन फूलजस्तै कोमल हुनुपर्छ भन्ने मेरो मान्यता छ । मैले बिहानै त्यो मित्रतालई फोन गर्दा यी कुराहरू भनें र लामो श्वास फेरें ।

उसले शायद सयपत्री फूलका कुराहरू सुन्यो कि सुनेन थाहा भएन तर मलाई के महसुस भयो भने ऊ पनि मजस्तै कोमल मान्छे हो र कविता लेख्ने मान्छे भएर पनि होला कोमलता छरपस्ट छरिएको अनुभव हुन्थ्यो दुवैजनाले बोल्दा पनि ।

कमला सरुप

1 thought on “मित्रता”

Leave a Reply

Your email address will not be published. Required fields are marked *