Skip to content

भैँसी बेची घरको छानो किन्छु


भैँसी बेची घरको छानो किन्छु भन्थी उसले
किन्ने पाए यो जवानी दिन्छु भन्थी उसले

जवानी नि दुईचार दिनको वर्षे भेल होला
उस्तै परे खाडी मुलुक हिन्छु भन्थी उसले

दुःख पर्दा आऊ बस भनेकै हुँ मैले, तर
मेरो चिन्ता म आफैले लिन्छु भन्थी उसले

अचेल शहर धाएकी छ फेरीफेरी लाएकी छ
दुईचार जना कारोबारी चिन्छु भन्थी उस्ले

अजित क्षेत्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *