Skip to content

विश्व योग दिवस


हिमालैमा कुण्डै छ जल भरिएको त बनमा,
शिवालाई त्याहीँ शिव सरल मायालु धुनमा।

सिकाऊँदै छन् आसन पनि बसेरै मन दिई,
सुनेरै माछोले पनि सुरु गरेको मन दिई ।

माघे संक्रान्ति मागै हो, विश्व दिवस योग को,
सुनेन सरकार्ले त छत्तीस साल देखिको।

लगेछन् नि छिमेकीले जून एक्काइसै दिन,
सवैको लागि सधैको योग दिवस यो दिन।

राष्ट्र संघ सितै उन्ले प्रस्ताव पेश गरेर,
विश्वभर सवै ले नै गर्छन् योग दिनै भर।

जून एक्काइसै मात्र, होइन गर्दछौ सदै,
विविध साधना हामी यो केन्द्रमा सवै सदै।

Leave a Reply

Your email address will not be published. Required fields are marked *