Skip to content

नेपाल आमा रोएकी छिन


नेपाल आमा रोएकी छिन दुख मार्नु गणतन्त्र
अभाव दुख भोकमरीलाई पुरै फाल्नु गणतन्त्र ।

बेरोजगारी र बैमानीले खोक्रो परिसक्यो देश
गरिबको घरको चुलो सधैं बाल्नु गणतन्त्र ।

शहीदका सपनामा लात हान्ने मनुष्य छन्
पुरा गर्न ती सपना रूप धर्नु गणतन्त्र ।

बलिदान दिए जसले तिम्रो दैलो देखाउन
तिनैका यी बालबच्चालाई सधैं पाल्नु गणतन्त्र ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *