Skip to content

पानीकाे विकराल रूप

पानीको विकराल रूप छ यहाँ के देख्नु मैले प-यो

कोशी बन्न पुग्यो यहाँ जलधि झैं उठ्दैैछ यौटा धुन
नौलो छाल उठी विरक्तसँगले कोशी सुसायो किन
यो बेला मुटुभित्र आज यसरी गाँठो परेको किन ?
खै कस्तो दुविधा भएछ अहिले केही म यो जान्दिनँ ।।

वर्षा आउनुपूर्व त्योे जलधि झैं कोशी थियो सुस्थिर
सुख्खाग्रस्त थिए पहाडतिरका पाखा पखेरा भिर
वर्षामा घनघोर बग्दछ जसै आषाढमा झन् पिर
कोशी बग्दछ उर्लिएर अहिले हाम्रो तराई तिर ।।

मायाभित्र जमेछ कोशी अहिले मेरै परेलीनिर
आँसुबाट चुहुन्छ मेची अहिले मेरै बलेंसीनिर
आँखा चिम्म गरेर बाहिर कतै आँसु कहाँ झर्छ र
मानौ बालद ओर्लिंदैछ अहिले केही झुकाई शिर ।।

पानी जीवन हो भनेर कविता लेखी रहेको थिएँ
पानी भित्र अपार जीवनकला देखी रहेको थिएँ
पानीको कमनीय शीलत दिने त्यो रूप कस्ले ह-यो ?
पानीको विकराल रूप छ यहाँ के देख्नु मैले प-यो !!

कैले देश डुबाउने मुसलको धारा हुँदै पर्दछ
मानौं प्राण पखेरु तीब्र गतिमा यै पानीले हर्दछ
यो पानी नभए तुरुन्त मरिने धेरै हुँदा झन् म-यो
पानीको विकराल रूप छ यहाँ के देख्नु मैले प-यो !!

पानीको महनीय रूप छ कतै भन्ने म लेख्दै थिएँ
पानी प्राण समान हुन्छ यसरी भन्ने म देख्दै थिएँ
मेरो सोच थियो अगाडि अहिले त्यस्ले स्वयं के ग-यो
पानीको विकराल रूप छ यहाँ के देख्नु मैले प-यो !!

पानी भित्र छ स्निग्ध कोमलपना यो दृष्टि मेरो थियो
यस्मा शीलतता हुने सहजमै मैले बुझेको थियो
मेरो त्यो विपरीत दृष्टि अहिले पानी स्वयंले ग-यो
पानीको विकराल रूप छ यहाँ के देख्नु मैले प-यो !!

पानी हुन्छ चिसो र कोमल सधैं भन्ने बुझेको थिएँ
पानी अमृत हो भनेर उहिल्यै मैले पढेको थिएँ
मेरा सोच र धारणाहरु सबै पानी स्वयंले ह-यो
पानीको विकराल रूप छ यहाँ के देख्नु मैले प-यो !!

हे पानी तँ विनासको गति लिई अाइस् यहाँ के गरी
तेरो रूप बुझेर मानव यता छन् त्रासले थुर्थुरी
यस्ले थामिनु पर्छ धेर अब भाे याे पनी धेरै झ-यो
पानीको विकराल रूप छ यहाँ के देख्नु मैले प-यो !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *