Skip to content

यही नै हो विज्ञान त


यही नै हो विज्ञान त

ज्ञान-विज्ञान हुन् जोडी , अभिन्न योग हुन् यिनी ,
एकअर्का विना यी त, अन्ध अपांग हुन् यिनी।

सुने जाने पढेका ती, पुराण आप्त ज्ञान हुन्,
यी र यस्ता सवै राय , उनै भण्डार ज्ञान हुन् ।

गुरु वचन ज्ञानैका , पुस्तक ज्ञान वर्धक,
अनुभव विना हुन्छन् , सवै ज्ञान निरर्थक ।

हुन्न कुशलता पूर्ण, ज्ञान विना कुनै पनि,
प्रयोगवाट जानेको, कुशल काम हुन्छ नी ।

साधन ज्ञान हो मात्र, साध्य विज्ञान लक्ष हो,
साधन हेर्नु स्वयं नै, साध्य दर्शन-आत्म हो ।

आगोले पोल्छ भन्ने हो, ज्ञान अनिश्चयै छ,
छोएर बन्नु जान्ने नै, विज्ञान मान्नु पर्दछ ।

भोगी अनुभवै गर्नु , विज्ञान हुन्छ भन्नु हो ,
सुने देखे पढेका त, ज्ञानअनिश्चयै त हो ।

क्षेत्राधिकार ज्ञानैको, विस्तृत विश्व नै हुने,
विज्ञान साघुरो घेरा, भित्र सीमित नै हुने ।

नुनिलो गुलियो आदि , कस्तो हुन्छ भनेर त,
चाखेर स्वाद जानिन्छ , यही नै हो विज्ञान त।

Leave a Reply

Your email address will not be published. Required fields are marked *