Skip to content

भानुमा श्रद्धा

कलम र कपी बोकी रामको गीत गायौ
प्रभुसँग कवितामा भावनामै रमायौ
परिचित अझ हुन्छौ काव्यका दूत हेर
युग युग रहनेछौ भानु भाषा बनेर ।।

सबतिर छ दिएको भानुले योगदान
सुमधुर कवितामा रामको गीत गान
रसमय रचना वा व्यङ्ग्य लेख्थ्यौ उनेर
युग युग रहनेछौ भानु भाषा बनेर ।।
होम सुवेदी

Leave a Reply

Your email address will not be published. Required fields are marked *