Skip to content

अनौठो पो हुदो रैछ

20180715_BasuGautam-gazal


अनौठो पो हुदो रैछ, शहरको रोपाइँ प्रिय
मेला नै पो लाग्दो रैछ, विचित्रको छोपाइ प्रिय

गमलामा रोप्ने कोही, घाटीमा नि बेरे भन्छन्
ठालुहरू जे नि गर्ने, लाजमर्दो हेपाइ प्रिय

अर्धनग्न युवतीका तमासाको कुरै छोडौं
कामभन्दा नाटक धेरै, देखावटी रोपाइँ प्रिय

आयात बिना धानिदैन, धान गहुँ दाल सबै
कृषि प्रधान देश हाम्रो, लाज लाग्दो भोगाइ प्रिय

आडम्बरी जे-जे गरून्, उठ अब मेलो थालौं
गरो मैले ठिक्क पारें, आजै सकौं रोपाइँ प्रिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *