Skip to content

म्हान्बा (लघुकथा) – अनुवाद सहित


तिरेकुनु थे कोर्बान कोर्बान नाकिलिङरि दोजि । नाकिजुगु ह्राङह्राङलान ताङरि मुबा । खालाई चाबाकेन, खालाई क्लाङबाकेन ओम खालाई सिकार लाबाकेन । थेदा तिक्खुरि ब्ले म्राङमासे थेनिकादे पोप ताजि । थेदा थेनिला बथानसे जान्नाइ सिकार आस्होनि । नाकिला चोस्बा स्वतन्त्र ल्हुइ म्राङसि थे म्हिदा इख ताजि ।

थेसि थेन्दा ह्वाम्बाला लागि म्हिलिङला प्रासाल्जि । देवालोकला ह्राङबा सुख सान्तिला तामसे थेनिन्हाङरि लोभ ह्वाङजि । थेतेन छ्याम थेनिकादे म्हिलिङरि खाजि । म्हिलिङरि बामाहेन्से थेसे थेन्दा म्हिला गुन, बानि, ब्योहोरा लोप्जि । छार ग्युइ लोप म्याङमा थेन्दा नोइ ज्याना ङ्हाम्जि आसेम तिला तिला लोप्जि थे थेनोन लोप्सि निजि । थेन्ना छलकपट आरेबा प्राकृतिक गुन सुप म्हाजि आसेम म्हिला ह्राङबान चाकडि, चाप्लुसि, दम्भ थेन अहंकारसे प्लिङजि ।

थेन्से ह्राङ स्यान्दोन अस्तित्व थोबा जनावर जेक्खे आहिन ह्राङलान स्यान्दोन लिङ मुला बिबमा नोन म्लेजि । छ्याम्बानाङ कानला लागि थेनोन म्हिला क्युरुरु आसे तासे थेलान कुल्बारि नारकीय ल्हुइ नाचिजि ।

तासाइ नोन थेन्दा ह्राङला स्वतन्त्र ल्हुइ मुबा लिङरि दोसि निबा होस खाइमाइ आँखानि ।

नेपाली अनुवाद

लघुकथा विचार
यकिना अगाध

एकदिन ऊ घुम्दै फिर्दै कुकुरलोक पुग्यो । कुकुरहरू आ–आफ्नो धुनमा थियो । कोही खादै, कोही खेल्दै त कोही सिकार गर्दै । उसलाई त्यहाँ एक्कासि देखेर तिनीहरू एकत्रित भयो । उसलाई तिनीहरुको झुण्डले झण्डै सिकार बनाएनन् ।
कुकुरको यस्तो स्वतन्त्र जीवन देखेर त्यस मान्छेलाई ईख पलायो ।

उसले तिनीहरुलाई फकाउनको लागि मानवलोकको वर्णन सुनायो । त्यहाको स्वर्गीय सुख शान्तिको कुराले तिनीहरू लोभियो । उसगै तिनीहरू मानव लोकमा आयो । मानवलोकमा ल्याएपछि उसले तिनीहरुलाई मान्छेको गुण, बानी, ब्योहोरा सिकायो । नयां ज्ञान सिक्न पाउदा तिनीहरुलाई पनि रमाइलो नै लाग्यो र जे जे सिकायो त्यही त्यही खुरुखुरु सिक्दै गयो । तिनीहरुमा छलकपट रहित प्राकृतिक गुण सर्लक्कै हरायो र मान्छेको जस्तै चाकडी, चाप्लुसी, दम्भ र अहंकारले भरियो ।

तिनीहरुले आफू छुट्टै अस्तित्व बोकेको जनावर मात्र होइन आफ्नो छुट्टै लोक छ भन्ने पनि बिर्सियो । एक गास भातको लागि त्यही मान्छेको वरिपरि आसे भएर उसैको अह्राउ खटाउको नारकीय जीवन बिताइरह्यो ।

तैपनि तिनीहरुलाई आफ्नो स्वतन्त्र जीवन भएको लोकमा फर्केर जाने होस कहिल्यै आएन ।

यकिना अगाध

Leave a Reply

Your email address will not be published. Required fields are marked *