Skip to content

जो पनि बस्न सक्छ है एउटा मात्र कुर्सी छ सानू
खान्छ्यौ चौरी गाईको शुद्ध मैंले ल्याको छुर्पी छ सानू।।१।।

म त तराईको किसानको छोरो भन्ने थाहै होला
हुर्केकी सहरमा घाँस काट्न सक्छ्यौ खुर्पी छ सानू।।२।।

भन्छ्यौ रे मलाई गाँउले तिमीलाई तान्न सक्दिन
कस्तो अझै नै तिमीलाई ति सुखको फूर्ती छ सानू ।।३।।

जिवन साथी खोज्छ्यौ रे चाल असल माल नि भाको
जाँड खान्न रक्सी छुन्न तर अम्मल सुर्ती छ सानू।।४।।

धर्मकर्ममा इच्छा छैन भन्छ्यौ तिर्थ त गाको देख्छु
साथ मेरो माग्न देव भाक्न घरमा मूर्ती छ सानू ? ।।५।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *