Skip to content

एकक्षणका निम्ति होइन मुस्कान सधैं माधुर्यता झर्नुपर्छ

एकक्षणका निम्ति होइन मुस्कान सधैं माधुर्यता झर्नुपर्छ
एकक्षणका निम्ति होइन सदालाई मुटु साटासाट गर्नुपर्छ।।१।।

अनौठो तिम्रो चहलपहल देखें कस्तो प्रसन्नताले लोभायो है
एकक्षणका निम्ति होइन जिवनभर आनन्दको हाइ गर्नुपर्छ।।२।।

साँच्चै तिमी ऋतुराज वसन्त हौ की देख्दा प्रसन्नता छाउँछ
एकक्षणका निम्ति होइन आत्मियता हाम्रो एकैसाथ गर्नुपर्छ।।३।।

बाहूबलमा कस्तो च्यापेर राख्न मन लाछ तिमी दौडेर आउ है
एकक्षणका निम्ति होइन वधु बनि मेरो जिवनमा नै सर्नुपर्छ।।४।।

तिम्रो कौसल कलाकारिताले मेरो जिवनको नौलो कला
एकक्षणका निम्ति होइन सधै फूल बुट्टा कोरी रङ्ग भर्नुपर्छ।।५।।

जिवनको सार्थकता भेट्न साँच्चै युगल जोडी हुनुपर्छ रे भन्छन्
एकक्षणका निम्ति होइन खोला सधै तिमी र म सँगै तर्नुपर्छ।।६।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *