Skip to content

कल्पनाको सुखी जिवन वाचाहरु सबै टुट्यो

कल्पनाको सुखी जिवन वाचाहरु सबै टुट्यो
बिछोडको असिनाले हृदयमा कुट्नु कुट्यो।।१।।

न त हाँस्न मन लाग्छ न त खेल्न रमाउन
एकान्तमा रमाउने हाँसो खुसी सबै टुट्यो।।२।।

कस्तो प्रेम गरेछु मैंले बिेर्सन कत्ति गाह्रो भयो
विरह र बेदनाका मात्र आज आँशु फुट्यो।।३।।

जाली रुमाल फाटे कत्ति आँखाबाट आँशु पुछ्दा
तर्कना आउछ कस्तो तिर्सनाले मन चुट्यो।।४।।

आशा ठुलो राखे मैंले यात्रा पुरा हुन्छ भनि
हाँसी रमाइ यात्रा गर्ने सारथी बिचमैं छुट्यो।।५।।

कस्तो कस्तो भाछ गाह्रो मन बुझाउन आज
वेदनाले मन पोल्दा उठ्नु सम्म रिस उठ्यो।।६।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *