Skip to content

झरी बादलमा ओत लाग्ने तिम्रो साथ छाहारी भो

झरी बादलमा ओत लाग्ने तिम्रो साथ छाहारी भो
अनेक स्वाद चाट्ने खाने सबै ऊ त मांसाहारी भो।।१।।
अनेक देखी चारैतिर मिठा कुरा ति खान मिल्ने
टपक्क टिप्दै खादै हिड्ने कस्तो हो खै सर्वहारी भो।।२।।
जंगलको झारपात भन्छन् मिठो हुन्न गाँठे त्यो त
उस्का लागि झाडी न्यूउरो अति मिठो तरकारी भो।।३।।
बेरोजगारी थियो त्यो त भौंतारिएर हिड्थ्यो अति
भाग्य रैछ उस्को आज हेर जागिर सरकारी भो ।।४।।
रम जीन ब्राण्डी हुस्की छुदै छुन्न रे उसले कुनै
शुद्ध खाने सागसब्जी मात्र खै किन शाकाहारी भो।।५।

Leave a Reply

Your email address will not be published. Required fields are marked *