Skip to content

दिलका याद तृष्णाहरु मेटाउनलाई के गरुँ म

दिलका याद तृष्णाहरु मेटाउनलाई के गरुँ म
स्वार्थी रैछ्यौ छाडेर गयौ तिमी अब आँखा के तरुँ म।।१।।

हाँस्दै सँगै रम्दै मज्जा गरेर मायालूले छाडेपछि
निष्ठुरीको पछि पछि अब लागेर बामे के सरुँ म।।२।।

सानोमा त दुलाहा दुलही सँगै हामीले खेलेकै हो
बगेको खोला फर्केर आउला भनि भर के परुँ म।।३।।

रित्तो देख्छु दिल यो खाली भर्न मन लागेर मायाले
असल चाला स्वभाव भाका कुन फूलले के भरुँ म।।४।।

भिन्न पात्र अनौठो छाँटले नदी एक्लै तर्नलाई गाह्रो
नाना बाहना गरी भित्रभित्रै पलपल के मरुँ म।।५।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *