Skip to content


सपना
र वेदनाहरुको
एउटा ठूलो पोको,
जो दुरुस्तै छ !
गतिहीन हावा
र सामुद्रिक ज्वारभाटा जस्तै;

कहिलेकाहीँ
फैलिन्छ्न यत्तिकै !
स्वतन्त्र वायुमण्डलीय सतहभरि,
कि हराउछन् …
पराईभूमिमा खसालिएका पसिनाको थोपासरी,
कि दविन्छन …
भू-सतहभन्दा धेरै तल !
जहाँ शून्यताको अधिक अग्रता रहन्छ ।
अनि
बिस्तारै-बिस्तारै बिलाउदै जान्छन् !
कहिल्यै नफर्किने गरी
छुट्टिएका आफन्तिहरुसँग भन्नुपर्ने
अविस्मरणीय क्षणको बेला,
मनमा उब्जिएका अनेकथरी मनोवाद जसरी …

यिनै मेरा सपनाहरू हुन्
जो- युरेनिमयको विकिरण जस्तै;
(गह्रौ) भएर पनि !
उडिरहेका छन्।
स्वतन्त्र आकाशभरि …
खुल्ला मन बनाएर,
अपारदर्शी जीवनको-स्वादका तुक्राहरू चखाउन ।

रचनाकार -: आकाश जि.सी.
ठेगाना -: लुङ्री ०४ कुन्जरी, रोल्पा

Leave a Reply

Your email address will not be published. Required fields are marked *