Skip to content

न यारमा उभिएँ


न यारमा उभिएँ न प्यारमा उभिएँँ
म त वस् उभिएँ मझदारमा उभिएँ

बगिगए सागर चुम्न कति नदिसङ्गै
म हेर्दै सपनाहरू किनारमा उभिएँ

आए कति वहकाउन विवश हृदय
चुपचाप आफ्नो विचारमा उभिएँ

दोधारमै जिन्दगानी कटिरहेको छ
यो जीवन दोधारै दोधारमा उभिएँ

हेर्दा-हेर्दै दिन ढले साँझ बत्ती बले
न जितमा उभिएँ न हारमा उभिएँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *