Skip to content

सम्झिरहुला


तिमीलाई हेरेर
कहिल्यै नथाकेका आँखाहरू छन् मसँग
सायद यसैलाई भन्छन् -अन्धो प्रेम !
तिमीलाई दिएर
कहिल्यै नरित्तिएको मायाको मुहान मुटु छ मसँग
सायद यसैलाई भन्छन् -एकोहोरो माया !!
तिमीलाई सम्झेर
कहिल्यै नसकिने सम्झना बोक्ने कलेजि छ मसँग
सायद यसैलाई भन्छन् -अबिरल सम्झना !!

मन पराए पछि -मनले
छुटि गएको
टुटि गएको
छोडी गएको
तोडि गएको -मायालुको
अनर्थ माया र सम्झना त बाँकीरहदो रैछ नि !
माया गरिरहुला
अबिरल सम्झिरहुला -जीवन भर !!

१५/०९/२०१८ जेद्दा सहर

Leave a Reply

Your email address will not be published. Required fields are marked *