Skip to content

बल्झी बल्झी दुख्छ मुटु


बल्झी बल्झी दुख्छ मुटु घाउ भएर होला,
विश्वासघाती निष्ठुरीको नाउ भएर होला

पैसै पैसा जहिल्यै पनि धनकै घमण्ड गर्छ्यौ,
तिम्रो हुनेवाला सायद साउ भएर होला

हाँसी हाँसी रेट्यौ मुटु टुक्रै टुक्रा पारी,
बत्तीसै दन्त खुकुरीको दाउ भएर होला

बादल आचार्य गोविन्द
कपुरकोट सल्यान

Leave a Reply

Your email address will not be published. Required fields are marked *