Skip to content

साँचो प्रेम गरी तिम्लाई


साँचो प्रेम गरी तिम्लाई, गल्ती गरें मैले
सोझो मनलाई विश्वास दिलाई, गल्ती गरें मैले

निष्ठुरीको घातले मुटु, जलेकै थ्यो पहिले,
त्यसै माथि घ्यु-तेल मिलाई, गल्ती गरें मैले

रूखा-रूखा शब्द वाणले, दिलमा ड़्स्दा खेरी,
विष मार्नलाई अमृत पिलाई, गल्ती गरें मैले

यता-उता छट्पटिंदा, मन भित्रका पीडा,
छोप्नु पर्ने अँझैं हिलाई, गल्ती गरें मैले

पछुतो छ, समय छँदा, आँखा चिम्लिएर,
जिन्दगीलाई ठक्कर खिलाई, गल्ती गरें मैले

एचएल गौतम अर्घाखाँची
मागा-३, खनदह
हाल-भारत

Leave a Reply

Your email address will not be published. Required fields are marked *