Skip to content

हँसिला अनुहार सबै हाँसेकै छन्


हँसिला अनुहार सबै हाँसेकै छन् भन्ने के छ
डरै डरमा जिउनेहरू बाँचेकै छन् भन्ने के छ

बिताए जसले जीवन गुलामी गरेरै बिदेशीको
छातीभित्र तिनले देश टाँसेकै छन् भन्ने के छ

हरेक रात एउटा जीवन मरेपछि बिहान हुन्छ
रङ्गमञ्चमा हरेक पात्र नाचेकै छन् भन्ने के छ

स्याङ्जा,हाल:युएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *