Skip to content

प्रर्देशबाट आमालाई चिट्ठी

छन्द:-भुजङ्गप्रयात

प्रर्देशबाट आमालाई चिट्ठी

दशैकाे सुनाैलाे र न्यानाे घडीमा।
थियाे आउने कत्ति इच्छा घरैमा।।
नमिल्ने बिदा भाे र आमा दशैमा।
म लेख्दैछु चिट्ठी ल आमा दशैमा।।१।।

छु आमा म टाढा बिरानाे धरामा।
थियाे एक आशा भराेसा तिमीमा।
तिमी नै थियाै दुःखमा प्यार गर्ने।
भएकाे छु टाढा र माया नगर्ने।।२।।

बसेकाे छु साेच्दै पुराना दशै ती।
झझल्को बनी आउदैछन् झनै ती।।
पिराेल्दैछ आत्मा र दुःखी भएछु।
कता हाे कता हाे गए झै भएछु ।।३।।

न टीका न आशिष् यहाँ काे छ मेराे।
भएकाे छु एक्लाे सदा झै बिरानाे।।
भएका सबै बन्धु इष्टै र मित्र।
त्यतै छन् सबै एक साथै सचित्र।।४।।

ठुलाे दाइ,काका र काकी त्यतै छन्।
बुबा,भाइ,आमा र आन्टी त्यतै छन्।।
कयौं धेर नाता र गाेता त्यतै छन्।
छुटेकाे म मात्रै छु सारा त्यतै छन्।।५।।

पराई छ धर्ती हजारौ ब्यथा छन्।
म जस्ता सबैकाे हजाराै कथा छन्।।
छहारी बिनाकाे छ काया र छाया।
कहानी बिनाकाे सिनेमा छ माया।।६।।

थियाे देश सानाे र राम्रो सजेको।
कसैको न कालो न मैलो मिसेको।
भएछन् कुपुत्रै र खाए रमाए।
र बेराेजगारी यता पाे रसाए।।७।।

बिरानाे छ धर्ती बिरानाे छ माटाे।
म तिम्रै हुँँ छाेराे बिराए कि बाटाे।।
मिलाेस् प्यार आशिष् मलाई सदा झै।
म टाढा छु भन्दै गुनासाे नहाेस् है।।८।।

धन्यवाद।
यादव दुलाल “गाउँले”
युएई
असाेज २७/२०७५

5 thoughts on “प्रर्देशबाट आमालाई चिट्ठी”

  1. अशुद्ध र छन्दभङ्ग धेरै भाे त
    अशुद्ध र छन्दभङ्ग धेरै भाे त भाइ । प्रदेश भनेकाे ता कुनै देशकाे उपखण्ड मात्र पाे हाे त । पर्देश पाे लेख्नु पर्ने । पर्देश र प्रदेश ता बुझौं न बाबु ।

    1. धन्यवाद हजुर।
      गल्तिहरू अाैलाई दिनु भएकाेमा धेरै धन्यवाद।अग्रजहरुबाटै
      सिक्ने हाे हामी जस्ता सिकारूहरूले र सदैब यहि अपेक्षा गर्दछु।
      कुन कुन श्लाेकमा अशुद्ध र छन्दभङ्ग भएछन् कृपया अाैलाई दिनु हुन बिन्रम अनुरोध गर्दछु।धन्यवाद दाइ।

  2. छुट्टी हाे सही तर छुट्टि
    छुट्टी हाे सही तर छुट्टि गरियाे यहाँ मिलेन । काकी हाे सही । काकि पारेर छन्दलाई मिलाउनु भएन ।हुँ हो सही हूँ पार्नु भएन । ए अामा भन्ने स्थानमा मिलेन । हँ भनेकाे कुरा बुझिएन ।
    अरु पनि केही गडबडी छन् भाइ। चासाे लिएकोमा धन्यवाद छ ।

  3. धन्यवाद हजुर।
    धेरै धेरै धन्यवाद। केही सच्याएकाेछु र सिक्ने र बुझ्ने अबसर मिल्याे।
    हृदयदेखि अाभार ब्यक्त गर्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *