Skip to content


मैनबत्ती सरी पग्लदै पग्लदै
आगोले खादै बिस्तारै बिस्तारै
ब्याकहोल बन्दै थिए
गोधूली साझसँगै
बिस्तारै बिस्तारै ढल्दै थिए
घायल मृग सरी घर्सदै घर्सदै छ्ट्पटीमा
अथाह पीडा बोकेर छातीमा
बिस्तारै बिस्तारै।

तिमीले क्षितिजमा
मिर्मिरे देखायौ
र त म आज दिन भए
एउटा उज्यालो दिन।

2075/08/02

Leave a Reply

Your email address will not be published. Required fields are marked *