Skip to content

चाहिन्न केही अरू
छन्द:-शार्दूलविक्रीडित
भ्रस्टाचार नहोस् कतै मुलुकमा सेता बनुन् ती धन।
आफ्नै पाैरखले उठाेस् मुलुक याे यस्मै सदा हाेस् मन।।
हाम्राे गाैरव हाेस्,बनाेस् मुलुक याे संकल्प बाेकाै बरू।
हाम्राे देश बनाेस्,फुलाेस् सहजले चाहिन्न केही अरू।।
…………………………………………………………
भाेकाे पेट नहाेस् मनुष्यहरू काे खाली नराखाै गरा।
आफै सक्षम बन्नु पर्छ अब लाै के ताक्नु काेही सदा।।
माटाे मै छ अनन्य शक्ति खजना लागाै न यस्मै बरू।
हाम्राे देश बनाेस्,फुलाेस् सहजले चाहिन्न केही अरू।।
………………………………………………………..
शिक्षा नै धन हाे न मर्छ कहिल्यै चाेरेर चाेरिन्छ र?।
फुल्ने आखिर ज्ञान हाे युगयुगाै फैलिन्छ चारैतिर।।
शिक्षा नीति बनाेस् उचाेँ मुलुकमा खाेलाै न ढाेकाहरू।
हाम्राे देश बनाेस् ,फुलाेस् सहजले चाहिन्न केही अरू।।
………………………………………………………….
माेनाे रेल कुदुन् सबै शहरमा एउ्टै बनाेस् आँगन।
चारैतर्फ बिकासको रथ कुदोस् आफ्नै बनुन् साधन।
गर्दा जे पनि हुन्छ भित्रि मनले यो भाव जागोस् बरु।
हाम्राे देश बनाेस्,फुलाेस् सहजले चाहिन्न केही अरू।।
…………………………………………………………
निर्धाले पनि गर्व साथ अब ता बाँच्ने बनोस् देश यो।
नाङ्गाले पनि एक्सराे तन भरी लाउ्ने बनोस् देश यो।
हाम्रा कष्ट सबै हटुन् दुख नहोस् रोजौ न त्यागीहरु।
हाम्राे देश बनाेस् ,फुलाेस् सहजले चाहिन्न केही अरू।।
……………………………………………………….
हत्या हुन्छ कयौ अबोधहरु को यस्तो कदापी नहोस्।
आत्मा भित्र फुलोस् दया र ममता दुर्भाव केही नहोस्।।
हाम्रो यज्ञ थलो बनोस् मुलुक यो बालौ हजारौ चरु।
हाम्राे देश बनाेस् ,फुलाेस् सहजले चाहिन्न केही अरू।।
………………………………………………………..
नारी माथि भए जघन्य गटना घुम्दैछ दोषी यहीँ ।
हाम्राे शासकमा छ दम्भ मनमा देख्दैन साँचो कहीँ ।।
हाम्रो न्याय गएछ गुप्त स्थलमा खोजौ न हामी बरु।
हाम्राे देश बनाेस् ,फुलाेस् सहजले चाहिन्न केही अरू।।
………………………………………………………..
यादव दुलाल गाँउले
इटहरी,सुनसरी
हाल युएई
२४ मंसिर २०७५

Leave a Reply

Your email address will not be published. Required fields are marked *