Skip to content


लौ लखेट कता लखेट्दै छस् ?
मलेसिया, कोरिया या जापान लखेट्दै छस् ?
तेरो गलत नियतिको विरोधमा उत्रिन सक्छ !
होसियार भइस तँ !
त्यसैले,
हौसाएर युवालाई, कता लखेट्दै छस् ?
मलेसिया, कोरिया या जापान लखेट्दै छस् ?

कुनै न कुनै बाहानामा मातृभूमि लुटेकै छस्
आफ्नो स्वार्थ पुरा गर्न जनताहरू भुटेकै छस्
पसिनाले सिंचित गर्दै आँगनमा
फूल फूलाउने रहरहरू निमोठेर तैँले
भन् तँ, आज युवालाई कता लखेट्दै छस् ?
मलेसिया, कोरिया या जापान लखेट्दै छस् ?

ल्याउनेछु रोजगारीका अवसरहरू मूल फुट्याएर
भन्ने गर्थिस् भाषणमा घोक्रो सुकाएर !
“मुतिसके दैलौ देखे” उखान टुक्का जस्तै पो भो !
रोक्छस् कि युवाशक्ति !
पलायन हुनबाट भन्ने आशा निराशा भो ।
‌‌लौ लखेट् कता लखेट्दै छस् ?
मलेसिया, कोरिया या जापान लखेट्दै छस् ?

बाबुराम पन्थी “गुल्मेली”
रे,न,पा,१ तम्घास गुल्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *