Skip to content

त्यो अर्कैको थियो

  • by

त्यो अर्कैको थियो मेरो भाग्यमै थिएन त म के गरूँ
मेहनत गरेकै हो समयले साथ दिएन त म के गरूँ ?

ब्युझिएर बिहान अरुभन्दा एककदम हिडुँला भन्थे
छट्पटिएर रातभर निदाउनै सकिएन,त म के गरूँ

कस्ले भन्यो प्रतीक्षाको फल मीठो हुन्छ भनेर, मैले
कति पर्खिए तर ऊ कहिले पनि फर्खिएन त म के गरूँ

के था प्वाल छ भनेर मैले सोचेथे विशाल छ पानी झै
मैले दिएकै हो प्रेम तिम्रो दिल भरिएन त, म के गरूँ

घाम लिन आसमान गएको थिए म फर्किए उ-दायो
म आउनु अगावै, तिम्रो शरीर सम्हालिएन त म के गरूँ

चोर चिनेर कुकुर झै म कत्ति जोरले चिच्याए,मालिक
यो देशको कानूनले नै अपराधी पक्डिएन, त म के गरूँ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *