Skip to content

मनले तिमीलाई चाहिरहे

  • by

मनले तिमीलाई चाहिरहे मुखले बोल्नै सकेन
मुटुमा तिम्रै बास भयो कहिले भुल्न सकिएन

तिमीले पनि भनिनौ हामी दुवै एक हौ भनी
सारा जगतलाई सोध तिम्रो लागि के-के गरे भनी
देउरालीको मन्दिरमा दियो बाली पुजिन कि
मन भित्रको चाहना भन्न तिमीलाई खोज्दै हिडेन कि

तिम्रो बोलीमा भुले पनि दुई शब्द भन्न चाहन्छु
यो जिन्दगीमा हर पल तिम्रो साथ चाहन्छु
तिम्रो साथमा बसेर आफ्नो कथा भन्न चाहन्छु
सारा मेरा खुसीहरू तिम्रो साथ बाँड्न चाहन्छु

गोविन्द राज ओझा
दीपायल सिलगढी नगरपालिका वडा नं.२ दीपायल डोटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *