शिखर भने कहाँ अझैं कति टाढा
अहिलेसम्म जाँदैछु म एक्लै डाँडा काँडा
म त यस्तो होइन दाइ मेरो कर्मै यस्तो
भ्याए जति गर्दै जाने आफ्नो धर्म यस्तो
सहँदै जानु पर्ला दाइ आउला दिन जस्तो जस्तो
मैले जति पाइला हिडें सबै मेट्दै आएँ
पाए जति खुसी व्याथा सब समेट्दै आएँ
यहीं भाका गालाभरि मैले रेट्दै रेट्दै आएँ
शब्द, संगीत – गोपाल योञ्जन
स्वर – नारायण गोपाल
एल्बम – मीतज्यू (गीति एल्बम)