टुक्रा टुक्रा मुटु मेरो पारेर गयौ
कस्तो रैछ माया तिम्र्रो धारै धार थियो
मायाको नासो अब याद मात्रै रहयो
खुशी अनि जित तिम्रै हार मेरो भयो
ओठमा मुस्कानको दिप तिम्रै लागि साचेको थिए
तिमी मेरै हौ भनी विश्वासको भ्रम पालेको थिए
तर तिमीले आफनो बाटो अन्तै मोडेर गयौ
ममतामय हृदय मेरो नदीको दुई किनार भयो
विरहको शीतल आगो हृदयमा बलेको छ
तिम्रै यादले मेरा भावहरू आसु बनेको छ
तिमी मेरो संसारबाट अर्कैको संसार भयौ
म तिम्रै यादमा बज्ने संगीतमय तार भयौ
फूल जस्तो तिम्रो भावना पथर जस्तै बन्यो
माया फुल्ने बगैचा पनि उजाडमय भयो
हासो लुकेको ओठ पनि निरासमय भयो
तिम्रो र मेरो यात्रा अब दुई किनार भयो