दुई मनबीच जब पिरती हुन्छ
जहर पिलाए पनि ओखती हुन्छ
न जोख्ने तुलो न भरिन्छ माना
बराबर छ भन्छन् सहमति हुन्छ
कति मूल्य होला मुस्कान अधरको
सागरमा पानीको थोपा जति हुन्छ
लाल हीरा मुना मदन जस्तै जोडी
राधाको कृष्ण झैँ शिव पार्वती हुन्छ
डुबुल्की मार्छ प्रेमको सागरमा जस्ले
भेटिन्छ मोती लाखौं सम्पति हुन्छ
रेखा पन्त,गोर्खा, हाल इजरायल