Skip to content

जीवनको हरेक मोडमा

  • by


जीवनको हरेक मोडमा तिमीले मलाई भेट
म भागे जस्तो गर्छु तिमी मेरो बाटो छेक

म धेरै टाढा हुन्न तिमीले मलाई खोज
तिमीलाई भेटेपनि तिमीलै म त छुन्न
तिम्रो नशालु हातले तिमीले मलाई छोऊ
म डराए जस्तो गर्छु तिमी आँट मलाई देऊ

जब लड्न लड्न खोज्छु म तिम्रो सामु पुग्दा
ती कोमल पाखुरामा तिमीले मलाई थाम
तिमीले चाहे जति माया तिमीले मलाई देऊ
म रिसाए जस्तो गर्छु तिमी ले मलाई फकाऊ

शब्द, संगीत – गोपाल योञ्जन
स्वर – नारायण गोपाल, अरुणा लामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *