Skip to content

उखु तोरी झैँ घान हाली, पेलिन्छ युवालाई,
गोटि बनाएर क्यारम झैँ, खेलिन्छ युवालाई ।
मिठो सपनाको बल्छी थापी, रंगिन दुनियाँको,
आन्दोलनको भीरमा लगी, ठेलिन्छ युवालाई ।
बलियो काँध युवाहरुको, टेकेर चढ्छन् सबै,
आँटा जस्तै किचेर रोटि झैँ, बेलिन्छ युवालाई ।
रोग भोक शोक प्यास अनि, अभावका कठोर,
जेल नेल र माखे साङ्लाले, जेलिन्छ युवालाई ।
अन्तत सुन्दर भविष्यका, चलचित्र देखाइ,
मूल उमार्न मरुभूमि, धकेलिन्छ युवालाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *