Skip to content

माया के हो


माया के हो परिभाषा, फुर्नै सक्या छैन;
चित्त बुझ्ने अर्थ पनि, जुर्नै सक्या छैन ।
(१)

मेल बिनै बाँच्ने हिजो, प्रेम गर्ने जोडी,
आफ्नै बीचको दुरी पनि पुर्नै सक्या छैन ।
(२)

युगौ-युग साथ दिन्छौ, भनी हिड्नेहरु,
दोस्रो बिहे गरी हिड्छन, कुर्नै सक्या छैन ।
(३)

लोभ हो कि लालसा या चाहना हो माया;
लाशमा नि बाँच्ने माया, मर्नै सक्या छैन ।
(४)

धोका पाई जिन्दगीमा,धुजै-धुजा हुँदा ;
बिरहमा रम्ने मन, बुझ्नै सक्या छैन ।
(५)

Leave a Reply

Your email address will not be published. Required fields are marked *