Skip to content


हाम्रा प्यारा स्यान्दाजै
नाम यिनको गोपी
साह्रै राम्रा देखिए
पैह्रिएर टोपी

अरू टोपी भन्दा त
ढाका सक्कली
टोपी लाउँदा मामा र
काका सक्कली

गोपी दाइलाई सुहायो
टोपी लगाएर
म नि टोपी लाउने हो
कस्तो हुन्छ हेर

पैसा मागी बासँग
नयाँ टोपी किन्छु
टोपी लगाई म पनि
चट्ट परी हिँड्छु

मेरो सानो मुडुलो
शिर अब छोपी
गोपी दाइ झैँ म पनि
लगाउँछु टोपी ।

– रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ
(२०७६/०२/०१)

Leave a Reply

Your email address will not be published. Required fields are marked *