Skip to content

प्रियसी को डायरी भाग – १

सँगै रहेको मोवाईलमा अचानक हिन्दी गीत वज्यो, तेरे साथ विना…..

सधैँ साईलेन्ट हुने मोवाईलमा अचानक गीत वज्दा तर्सिएँ । वहिनी हरुले मोवाईल चलाँउदै थिए गीत वज्ने वनाइदिएछन् । मोवाईल हातमा लिएँ टचस्क्रिनमा उही नाम थियो कोड भाषामा उल्लेखित उही नाम जुन नाम देख्नासाथ मुटुको गति अचानक बढ्छ स्वास रोकिएला जस्तो लाग्छ ।

बहिनीलाई मोवाईल जिम्मा दिएँ भन्दे दिदी बाथरुम गाकी छे । बहिनीले आदेश पुरा गरी ।

मन एक तमासको भो । ऊ अर्थात एउटा लोग्ने मान्छे । उमेरले मभन्दा पाको भएर पनिमै जस्तो चंचल। खै भाग्य को खेला हो कि अचानक कहाबाट किन केका लागि उसको नाम अगाडि जोडिन आयो। मन उसै एकोहोरो भइदियो सम्झना गर्दै मा।

भर्खर भर्खर जागिर सुरु गरेको थिए अनिसँगै फेसबुक पनि चलाउन सिक्दै थिए। खै किन हो संसारका आधा मान्छेले फेसबुके दुनियामा हराउने भइसक्दा पनि म कसरी अछुतो रहन पुगे होला बल्ल यसको लत लाग्न सुरु हुँदै थियो। हुन त म बाबा आमा कि प्यारी छोरी मात्र नभएर जिम्मेबार सामाजिक तत्व समेत थिए। म बुझ्झकि भइसकेकी हुनाले बुबा आमाले म माथि गर्नुभएको त्याग तपस्या अनि दुख को नालीबेली कसरी बिर्सन सक्थे र ! छोरीलाई ठुलो मान्छे बनाउने उहाहरू को सपना माथि तुषारापात हुन दिन सक्ने क्षमता पो कहाँ थियो र म सँग। त्यसैले होला म अरु साथी हरुभन्दा पृथक स्वभाव कि थिए। साथी हरुका अगाडि अबिभावक को जिम्मेबारी कुशलता पूर्वक निर्बाह गर्न सक्ने स्वभाव कि थिए।

जागिर अगाडि को समय कहिले लोक सेवा तयारी त कहिले कलेज को पढाइमा अल्झिएकी म जागिर पछिको समय अलिक स्वतन्त्र हुँदै पनि गए। त्यसैले पनि केही समय फेसबुकमा टहलिने बानी परेको थियो नै। यस्तैमा एकदिन त्यही मान्छे को तस्वीर साइडमा देखा पर्यो people you may know भनेर। परिचित साथीहरू को सुचीमा घेरिएको उक्त आवरणले मलाई मनमा कता कता काउकुति लगाइदियो। साथी बनाउने बटन क्लिक गरे डराई डराई। स्वाभाविकै थियो मैले पठाएको अनुरोध स्वीकार भयो। उसका हरेक लेखाइ र तस्वीर हरुले मनमा बिस्तारै खेल्न थाले। नछुटाई हेरे कता कता अनौठो लोभ जागृत हुन गयो।

फेसबुक मित्रता च्याट बक्समा पुग्यो ऊसँग को पहिलो कुराकानी नै अनौठो रह्यो कता कता रिस उठ्दो जस्तो स्वभाव देखाइदियो तर खै किन हो उसले देखाएको त्यो स्वभावले मलाई बिरक्त बनाई सक्दा पनि उसलाई साथी को सुचीबाट हटाउन सकिन। बरु हर स्वभावसँग परिचित हुँदै जाने बानी पो पारेछु। झन् परिचित झनै नजिक कता कता मनमा अनौठो काउकुति लाग्ने। यत्तिका वर्ष कुशलता पूर्वक अबिभावकीय जिम्मेबारी उठाएकी मलाई उसको स्वभावले एकोहोरो पो बनाउन थालेछ। आफूलाई झनै उसै प्रति समर्पित बनाउदै लगेको भान हुन थाल्यो।

दशैँ को बेला थियो घरमै थिए। छुट्टी को बहाना अनि घर परिवारबाट छुट्टिंदाको पीडालाई चाडपर्ब को माध्यमबाट परिवारसँगै रहन पाउदाको क्षणमा च्याट बक्समै आफूले आवाजमै कुरा गर्न चाहेको र सम्पर्क नम्बर दिन गरेको आग्रह नकार्न सक्ने अवस्थामा थिइन म। लामो समय देखि भावनात्मक कुरामा अल्झिएकी म च्याट बक्स को संसारबाट आवाज को दुनियाँमा प्रवेश गरे। उसको आवाजमा भएको त्यो सुमधुर पन अनि माया घोलिएको जस्तो लाग्ने बोलिमा कति मन्त्रमुग्ध हुन पुगे म अचानक। यस्तो भान हुन थाल्यो म उसको आवाजसँगै आकाशमा छु खुल्ला आकाशमा स्वतन्त्र पंक्षीका रुपमा रुमल्लिएकी छु।

त्यस पछिका हर समय र दिन हरुमा म उसको आवाजमा हराउन थाले। घन्टौसम्म उसको आवाजमा हराइरहदा पनि मेरा भोक मेटिएको हुन्न थियो। उसले अलिक ठुलो आवाज गर्दा अचानक आँखा भरिन्थे उसले मायालु कुरा गर्दा छाती फराकिलो हुन्थ्यो म आफूलाई भाग्यमानी मान्दथे।

उसको आवाज को दुनिया काल्पनिक मात्र थियो। त्यसमा दुई कुरा हरुले भूमिका खेलका थिए। एक त उसको आवाजको दुनियाँ र फेसबुक को दुनियामा तस्वीर हेरेर मात्र आफू रमाउथे उसलाई प्रत्येक्ष भेट्न सकेकी थिइन। अर्को मेरो परिवार को चाहना बिपरित म भावनामा बहदै थिए। परिवारकै चाहनामा अल्झिएर बिहे गर्ने बचन समेत दिसकेकी थिए। तर म कतै पारिवारिक चाहनालाई कुल्चिएर उसैको दुनियाँमा हुन्छु कि भन्ने चिन्ताले सताइरहन्थ्यो। पारिवारिक चाहनाले श्रीजित कथा को पात्रसँग मेरो प्रत्येक्ष भेट समेत भइसकेको र हेर्दा आकर्षक तथा राम्रो आम्दानि समेत गर्ने उक्त पात्रसँग मोबाइलमा गफ गरिरहदा समेत पारिवारिक चाहना बाहिर को आवाज को दुनियाँमा हराउने बानी परिसकेको म कतै ठुलो दलदलमा डुबी पो सके कि जस्तो ग्लानि अनुभूत भइरहदा मेरो अक्षम्य गल्तीलाई कसरी निराकारण गर्न सक्छु भनी उपायहरू समेत खोज्न थालिसकेकी थिए।

समयले अँझै जटिल मोड उत्पन्न गरायो। मलाई आवाज को दुनियाँबाट टाढा हुनुभन्दा उसको भौतिक उपस्थिति को आवश्यकता बोध हुन थाल्यो। उसले आवाज को माध्यमबाट म माथि खन्याएको अपार माया, स्नेह अनि हरेक असहज परिस्थितिलाई सहज बनाई दिन हर बखत गरेको सहयोग र हौशलाले मलाई उसको भौतिक उपस्थिति को चाहना घनिभूत हुँदै गयो। म आफै उक्त संयोग को लागि उसैसँग आग्रह अनि भगवानसँग प्राथना गर्न थाले। उसका हरेक आवाजले उसको मायामा लुटपुटिन अनि संसारकै खुसी उसैसँग खोज्न मन लाग्न थाल्यो। उसको आवश्यकता बोध लेमा छटपटीन थाले।

समय बलवान हुन्छ कसैको बसमा रहदैन तर समयलाई कब्जा गरे मैले। सायद मनका असीमित चाहना र इच्छाशक्तिले समयलाई जित्न सक्ने रहेछ। त्यो एकदिन जब आयो त्यो दिनले मलाई दिएको छटपटी कति पीडादाएक थियो। काली म तिम्रो आग्रहलाई स्वीकार गरी तिमीलाई भेट्न आउदैछु। उसले मभन्दा सयौ किलोमीटर टाढाबाट गरेको यस्तो मोबाइल संदेशले म कुन हालतमा पुगेको थिए मेरो अनुहार कति हेर्न लाएक बनेको थियो होला म कल्पना समेत गर्न सक्दिन। उसको यात्राको समय भर म निदाउन सकिन। अनिदो रहेर नै उसको आगमन को प्रतीक्षामा कति तड्पिएकी थिए म। उसको मायालु स्पर्श को भोकमा कति जलिसकेकी थिए। बिहानी पख आँखा लाग्नै लाग्दा काली म अब दुई घण्टामा आइपुग्छु भन्ने उसको मोबाइल संदेशले म भित्र कति बेचैनी थपिदियो उसलाई भेट्ने आतुरतामा मैले कति पल्ट मुख धोए कति समय लगाएर नुहाए मैले कुनै कुरा याद गर्ने सकिन। जब उसले बसपार्क उत्रिएको खबर गर्यो त्यसपछि मलाई अर्को समस्याले पो सतायो। मेरो पारिवारिक चाहनाले श्रीजित कथाको पात्र जसले मलाई बिहान बेलुकै फोन गर्थ्यो अब मेरो आवाज को दुनिया मसँग हुदा पनि उक्त पात्र को फोन आउदा उसलाई कति असहज लाग्दो हो। मन भत्भति पोल्यो तुरुन्त उक्त पात्र को मोबाइल नम्बर मेटाए। कमसेकम मोबाइलमा आएको फोन को पात्र को नाम त नदेखोस उसले। मोबाइलमा भएको उक्त पात्र को नाम नम्बर उसको मोबाइल संदेश आएका कल डिटेल सब मेटाए मन अलिक हल्का भयो।

बसपार्कमा उसले कुरिरहेको स्थानमा पुगे। मेरो आवाज को दुनिया जसको बोली मात्र सुन्न कति समय कुरेर बस्थे कति छटपटीन्थे। उसके जिस्काएको हसाएको रुवाएको हरेक पल हरुलाई स्मरण गर्दै उसको अगाडि जब म पुगे मेरै रोजाइको उसलाई असाध्यै सुहाउने पहिरनमा उभिएको मेरो मन को मान्छे आँखासामु पर्यो। मुसु मुसु हाँस्दै मलाई हेरिरहेको मेरो मान्छे देख्दा मुटु को धड्कन कति तेज भयो म अनुमान गर्न सक्दिन अहिले। काली सन्चै छौ नि ? हेर त म आए तिम्रो आग्रह नकार्न सकिन काली !!

के भयो दिदी ? बहिनी को आवाजले म तन्द्राबाट ब्यूँझिए जस्ती भए। त्यो मुसु मुसु हाँस्ने मेरो मान्छे को असाध्यै यादले गाहारो भयो। ओहो अघि किन बहिनीलाई फोन उठाउन दिएर बाथरुम गाकी छ भन्न लगाए मैले ? आफैलाई ग्लानि भयो। उसलाई कति याद आको थियो होला एकैछिन नबोल्दा कति तड्पिने मेरो मान्छेलाई मैले आफै अगाडि बसेर ढाट्न लगाए। मन अमिलो भयो आफै कल गरे। तर मैले गरेको कल कहिले उठाउदैन जहिले काटेर आफै गर्छ। कति केएर गर्छ कति माया गर्छ। उताबाटै कल आयो तिमीलाई कस्तो छ काली ? बस मेरो मुटु झन् जोड जोडले धड्किन थाल्यो कता कता आँखा भारी जस्तो हुन थाल्यो ! असाध्यै माया को आभास हुन थाल्यो।

२०७६ बैशाख १४ गते शनिबार अपरान्ह ५.०० बजे
होलेरी, रोल्पा, नेपाल।

Leave a Reply

Your email address will not be published. Required fields are marked *