Skip to content


यहाँ होम एक्लो परेको पर्यै छ
प्रतीक्षा कसैको गरेको गर्यै छ ।।

कुरी पर्खिदाँ साँझ नै पर्न लाग्यो
हियामा डढेलो सरेको सर्यै छ ।।

बसेको छ पर्खेर हेरेर बेला
नआएर बेला टरेको टर्यै छ ।।

फुटेको टुटेको छ यो भाग्यरेखा
सबै भाग्यरेखा मरेको मर्यै छ ।।

बढेको छ चिन्ता निराशा तथापि
सुगालाई दाना छरेको छर्यै छ ।।

थियो माथि चढ्ने इरादा अदम्य
कहाँ माथि पुग्थ्यो झरेको झर्यै छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *