Skip to content


बलेंसीमा खसेको जूनको उज्यालो
आँगनको डिलमा फुलेको फुल
मझेरीमा मधुरो प्रकाश छरेर बलेको दियो
प्रेमिकाको मनहरू पोखिएर
भरिएका पुराना चिट्ठीका चाङहरू
चाहेर पनि
कहिल्यै बन्न नसकेका
हाम्रा गहिरा नाताहरू
अनि,बिपना नभई झरेका
सपनाका चाङहरू
चराहरूले जस्तै गाउने
गीतका अन्जान धुनहरू
र,सँगसँगै भएर पनि
कहिल्यै फेला नपर्ने गरी
हराएका मायाहरू
तिमी र म यस्तै यस्तै चक्रब्यूहमा
जीवनको अर्थ खोजिरहेछौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *