Skip to content


सबैभन्दा राम्री छिन् है मेरी प्यारी नानी !
मीठोपीठो जे पाए नि खुरुखुरु खानी
सबैलाई दयामाया सहयोग गर्ने त्यस्तै
लाग्छ मलाई मेरी छोरी परी हो कि जस्तै ।

चरीलेझैँ गाउछिन् उनी मीठोमीठो गीत
सानाठूला सबैसँग गाँस्छिन् चोखो प्रीत
पढाइमा पनि उनको राम्रो छ है ध्यान
कामलाई पनि गर्छिने सधैँ नै सम्मान ।

गुरबा र गरुमाको हुन है राम्री चेली
बनाउँछिन् सबै चित्र पाखा पर्वत हेरी
कथा र कविता नि लेख्छिन् साह्रै मीठो
स्कुलमा पुग्छिन् उनी सबैभन्दा छिटो ।

लाग्छ मलाई उनी नै हुन् सुन्दर फूलको डाली
सिँगारे र राखेकी छिन् हाम्रो घरबारी
निदरीमा पनि म त उनकै छाया देख्छु
उनकै लागि आज म त एउटा गीत लेख्छु ।

ललिता ‘दोषी’

Leave a Reply

Your email address will not be published. Required fields are marked *