Skip to content


गगन चुम्ने महल वस्छ।ैं मायालु तिमी
म धरती धुलोमा खेलाउन चाहन्न
धेरै माया गर्छु म तिमीलाई
त्यसैले त आफ्नो वनाउन चाहन्न ।

थाहा छ तिमीबिना बाँच्न गाह्रो छ मलाई
तर पनि आँसु पिउने कोशिस गर्छु
बिधाताले दिएको गरिबी मलाई
यसलाई नै भाग्य ठानेर जिउन बिबश छु ।

मुटुको सानो झुप्रो त्यही पनि चुहिने छ मसँग
ममताको छानो हाल्न चाहिन
त्यही झुपडी भत्किएर लथालिंग हुँदा
त्यसलाई टाल्ने कमेरो माटो नै पाइन ।

फूलको थुंगा बिछ्यएर काँडाले
तिमीलाई घोच्न चाहन्न
धेरै माया गर्छु म तिमीलाई
त्यसैले त आफ्नो वनाउन चाहान्न ।

के छ र दिऊँ म तिमीलाई
जब म आफै नग्न छु
कसरी सहरा दिऊँ म तिमीलाई
जब म आफैं अंगभंग छु ।

जिउँदो लाश हुँ मायालु म
तिम्रो सिउँदो भर्न चाहन्न
धेरै माया गर्छु म तिमीलाई
त्यसैले त आफ्नो बनाउन चाहान्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *