Skip to content


घरी पिलेटतिर कुद्छ
घरी कचौरातिर कुद्छ
मिठो मिठो बोकेर
घरी ओठसित जुद्छ
कहिले यताको कुनोमा खोज्छ
कहिले उताको दुनोमा खोज्छ
के मिठो लाग्छ तपाईंलाई पहिले
यसले रोज्छ
फर्याक्क गर्छ फुरुक्क गर्छ
तपाईं हाम्रो पेट मज्जाले भर्छ
घरी दाल चलाऊछ
घरी साग कोट्ट्याउँछ
मिठो मिठो के छ छुट्टाउँछ
भातमा दाल साग अचार मिसाउँछ
खुवाइरहन्छ तपाईंलाई नघाउन्जेल
यो न रिसाउँछ न बिसाउँछ
यो चम्चा त्यसै संसारमा आको रहेनछ
चम्चागिरी त्यसै लोकप्रिय भाको रहेनछ
पार्टीमा गयो भने तपाईंले के खाने
यसले छानी छनी पिस दिन्छ
त्यही भएर होला कतिले
राम्रो चम्चा देख्यो कि सुटुक्क लिन्छ
हेर्दा हेर्दै यसले
तपाईंलाई भुँडी टन्न पारेर कति खुशी बनाउँछ
त्यसैले होला जस्तै कडा मान्छेलाई मनाउँछ
यो कहाँ कहाँ पुग्दैन ?
भट्टी पसल देखी पाच तारे होटलसम्म पाउँछ
पियन देखी मन्त्रीको कोठासम्म छाउँछ
खानेभन्दा यो अरुलाई खुवाउनेमा रमाउँछ

होटेल जानुस त केही खान
अचेल तीन चार किसिमको
चमच टेबलमा आउछ
हातले झ्याप्प देउँ भने पनि
डिनर, काटा, सलाद चम्चाले खुवाउँछ ।

त्यही भएर त यसले
सरकार, पाटी जहाँ पनि डेरा जमाउँछ
पन्यौ रिस गरे पनि डाडुले डाह गरे पनि
यसको अगाडि टिक्दैनन
त्यही भएर त बजारमा यो जस्तो ती बिक्दैनन
यो त सरकारी अड्डामा होस कि
मुद्दा मामिलाका ढड्डामा होस
टेबल टेबलमा पुग्छ
खै के चटाइ दिन्छ गेटमा
यसलाई देखेपछि
न पालेले रोक्छ, न पालेको कुकुर भुक्छ
मन्त्रालय देखी मन्त्री निवाससम्म
यो निर्धक्कले पुग्छ ।
गजक्क परेर बस्ने थाल
जहाँको त्यहिरहन्छ
मेहनत गर्ने कसौडी डेक्चीहरू पनि
सधैं भन्सामा रहन्छ
यो चम्चा कहाँबाट कहाँ पुग्छ
त्यसैले अरुकोभन्दा यसैको महिमा खुब छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *