हामी मानवका प्रवित्ति दुइटा छन् जीव मस्तिष्क मा
अर्काको उपकार पुण्य रसिलो पाप् बन्छ दुस्कर्ममा ।
मान्छेका मनमा छ ईश बसने सेवा गरौ धर्म को
साँच्चै जीवन हुन्छ शुद्ध मनले दान् गर्नु यो कर्म हो ।।
१
सेवा मानवको गर्यौं यदि भने त्यों हाँस्छ आनन्द भो
यात्रा कल्मष मुक्त बन्छ पछिको यै वाणी हो शाश्त्रको ।
आयू छिन्न हुनेछ रात दिनमा गिर्दै छ है यौवन
साँच्चै फर्कनसक्छ वेग जलको? बुझ्दैन यो दूर्मन ।।
२
एक्लै जन्मन मर्न पर्दछ यहाँ संसारको रीत हो
नाच्नै पर्दछ शृष्टि चक्र धुनमा को बुझ्छ संगीत यो ?
चंकेको विजुली सरी क्षणभरी यो हातमा संपति
गर्नै पर्दछ दान सम्भव भए सप्रन्छ आफ्नै गति ।।
३
गर्नैपर्छ परोपकार किनकि यो सार हो जीवन
मर्नैपर्छ अवश्य एक दिन ता सत् कर्म मात्रै धन ।
खोला सूर्य र बृक्ष बादल सबै गर्छन् अरुकै हित
उस्कै हुन्छ भविष्य उज्वल सदा यो घर्मकै हो रीत ।।
४
आऔ हात मिलाऊ प्रेम छरदै यो विश्व हाम्रै न हो
हाम्रै उन्नति गर्न यो अघि सरी सन्ताप हर्दै छ यो ।
सेवा गर्न सदैव तत्पर इमान्दारी भए दृष्टिमा
आफै तत्पर हुन्छ सक्रिय भने छान्दै नयाँ योजना ।।
५