Skip to content


दिदी र बहिनीले आशीर्वाद दिंदै
लगाइदिए टीका मज्जाले मिला’र

दीर्घायु जीवन फूल झै चम्कियो खुशी
चम्किलो हातले रङ्गियो निधार

घर-आगनभरि द्यौसी र भैलो
खेल्नको लागि के गर्छौ विचार

भैसक्यो ढिलो भैसक्यो हतार
भनभन भाइ ओ! भनन यार
द्यौसीराम भन भैलिराम भन
सुर-ताल मिलाएर

रमाइलो गर्दै गाउँ र सहर
बलेको हेर ! हाम्रा यी आगन
गगनका जुनतारा झै धपक्क
अनि सिङ्गो यो संसार

झिली र मिली प्रकाशपर्वको राजा
महान चाड हाम्रो तिहार……….

दिदीले लागाइदिइन् टीका मज्जाले मिलार
उज्यालो हातले रङ्गियो हेर यो मेरो निधार !

Leave a Reply

Your email address will not be published. Required fields are marked *