उसले मलाई नदी-किनार ताल
वा,
कुनै कुवा नजिकै ल्याएर
यशु ख्रीस्ट जस्तै गरेर
मेरो गर्धन शरीर र पैतालाहरुमा फलामका साङ्ग्ला
अनि बन्धनहरुले बाँधिदिए
तर पनि मैले तिमीलाई बारम्बार
मन जस्तै सङ्गलो पानीको छाया
र जल विम्बहरुमा हेरिरहे
र आधी जीवन त्यही समर्पण गरे !
उस्ले अन्तिम पटक
मलाई आजाद त गरिदियो
तर त्यस्तो ठाउमा ल्याएर छोडिदियो कि
जहाँ तिमीलाई देख्ने दुरदर्शी दर्पण
अनि कयौ
रङ्गिन सफेद
सिसै सिसाहरू थिए
त्यसले तिम्रो याद
अनि मेरो प्यासलाई त बुझाइदियो….
तर प्रत्येक पटक मेरा सासहरुले
तिम्रा तस्वीर र सदृश्य चित्रहरुलाई
बाफमा
दबाएर मेटाइरहेका थिए…..
मैले मेराहातका हत्केलाहरुले
अन्तिम पटक तिमीलाई पुछिदिएँ
तर तिमी धेरै नै टाढा गैसकेकी थियौ ।